प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN
वैशाख २०८०
नुवाकोट र चितवनमा झुण्डी मृत्यु
२०८०-०१-३१

नुवाकोट, सुर्यगढी गाउँपालिका-५, डाँडा गाउँ बस्ने अन्दाजी ३० वर्षीय राजकुमार राई आफ्नै घरको दलिनमा सलको पासो लगाई झुण्डी मृत्यु भएको छ ।  घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । त्यसै गरि नुवाकोट, बेलकोटगढी नगरपालिका-६, तल्लो अर्चले बस्ने अन्दाजी ३२ वर्षीय रोशन तामाङ आफ्नै घरको बलोमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।चितवन, कालिका नगरपालिका-४, पदमपुर बस्ने २७ वर्षीया रुपा न्यौपाने घिमीरे जिल्ला चितवन, भरतपुर महानगरपालिका-११, नौरङ्गे टाईगर ताल जाने बाटोको जंगलमा रहेको सालको रूखमा सलको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटस्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । त्यसै गरि चितवन, भरतपुर महानगरपालिका-६, ढकाल चोक स्थित डेरा गरि बस्ने जिल्ला गोर्खा, गण्डकी गाउँपालिका-७ स्थायी घर भएका अन्दाजी २२ वर्षीय दिपेश सुनार आफु सुत्ने कोठाको बलोमा सलको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

ट्राफिक नियन्त्रण तालिम दोस्रो समूहको अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्न
२०८०-०१-२९

बामगती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुलीको तत्वावधानमा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा सञ्चालित ४५ कार्यदिन अवधीको प्रहरी हवल्दार तथा जवान लक्षित ट्राफिक नियन्त्रण तालिम दोस्रो समूहका प्रशिक्षार्थीहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा आज आयोजित एक कार्यक्रमका बीच बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रममा प्रशिक्षार्थीहरूले कार्य क्षेत्रमा आईपर्ने समस्या तथा तालिम सम्बन्धी विभिन्न विषयमा जिज्ञासाहरू राखेका थिए भने प्रदेश प्रहरी प्रमुख राणाले प्रशिक्षार्थीहरूका जिज्ञासाहरूको जवाफ दिनुभएको थियो । तालिम समापन कार्यक्रममा प्रदेश प्रहरी प्रमुख राणाले तालिममा सर्वोत्कृष्ट नतिजा हासिल गर्ने सफल प्रशिक्षार्थीहरूलाई पुरस्कार वितरण तथा तालिममा सहभागी सम्पूर्ण प्रशिक्षार्थी प्रहरी कर्मचारीहरूलाई प्रमाणपत्र प्रदान गर्नुका साथै तालिममा सिकेका ज्ञान, सिप र अनुभवलाई कार्य क्षेत्रमा कुशतलापूर्वक प्रयोग गरी त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन समेत दिनुभएको थियो । तालिममा बागमती प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मी लगायत बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा कार्यरत अन्य सकल दर्जाका प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो । गत चैत ५ गतेबाट संचालन भएको उक्त तालिममा प्रहरी हवल्दार २ जना, प्रहरी सहायक हवल्दार ५ जना र प्रहरी जवान २३ जना गरी ३० जना प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो ।  

पूर्व प्रहरी कर्मचारीहरूसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
२०८०-०१-२८

नेपाल प्रहरीका पूर्व प्रहरी कर्मचारीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा आज आयोजित एक कार्यक्रमका बीच बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रममा सहभागी पूर्व प्रहरी कर्मचारीहरूले विभिन्न विषयमा सुझाव एवम् अपेक्षा राख्नुभएको थियो भने प्रदेश प्रहरी प्रमुख राणाले निरन्तर समन्वय गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।    

२०२ किलोग्राम लागुऔषध गाँजा सहित ३ जना पक्राउ
२०८०-०१-१८

मकवानपुर, थाहा नगरपालिका-७, आग्रा बस्ने अन्दाजी ७६ वर्षीय भिम बहादुर थिङ, अन्दाजी ३९ वर्षीय शिवराज थिङ र ६७ वर्षीय ईन्द्र बहादुर थिङको घरमा लागुऔषध गाँजा विक्री वितरण गर्ने उद्देश्यले लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध नियन्त्रण व्यूरो कोटेश्वर काठमाण्डौंबाट खटिएको प्रहरी टोलिले भिम बहादुर थिङ र शिवराज थिङको घरबाट ३० वटा पोकाहरूमा २७ किलोग्राम गाँजाको धुलो र ईन्द्र बहादुर थिङको घरबाट १० वटा बोराहरूमा १७५ किलो लागुऔषध गाँजा गरी कुल जम्मा २०२ किलो लागुऔषध गाँजा फेला पारी निजहरूलाई नियन्त्रणमा लिई आवश्यक कारवाही भईरहेको छ ।

मकवानपुर र चितवनमा झुण्डी मृत्यु
२०८०-०१-१८

मकवानपुर, कैलाश गाउँपालिका-५, गोगने स्थित एकान्तकुना आरणटोल बस्ने अन्दाजी वर्ष १७ को राजेश कालीदास बि.क घर देखि अन्दाजी ७०० मिटर पूर्व तर्फ रहेको जंगलमा चिलाउनेको रूखमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।चितवन, राप्ती नगरपालिका-८, बडहरा बस्ने २० वर्षीय संजोक सिंजाली आफ्नै घरको कोठामा फलामको डण्डीमा वाईरिङको तारको पासो लगाई झुण्डी मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ । त्यसै गरी भरतपुर महानगरपालिका-९, गुरुकुल स्कुल पछाडी भरतपुर महानगरपालिका-७, प्रेम बस्ती स्थायी घर भएका अन्दाजी ३०/३५ वर्षीय रबि लामिछाने ठेक्का लिएर बनाउँदै गरेको  घरमा झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु
२०८०-०१-१७

सिन्धुली, कमलामाई नगरपालिका-२, पिपलभञ्ज्याङ बि.पी. राजमार्गमा काठमाण्डौंबाट सिन्धुली तर्फ आउँदै गरेको बा. ८ च. ९१३५ नम्बरको रातो ग्रेटवाल कार आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसी दुर्घटना हुँदा कार चालक जिल्ला झापा, चारपाने बस्ने अन्दाजी ४३ वर्षीय कुमार पुरी र उक्त कारमा सवार जिल्ला सिन्धुली, कपिलाकोट-३ घर भई हाल जिल्ला काठमाण्डौं, काठमाण्डौं महानगरपालिका गौरीघाट बस्ने ३८ वर्षीया साहारा प्रसाई घटना स्थलमा नै मृत्यु भएको छ । उक्त कारमा सवार १ जना पुरुष गम्भिर घाईते भई तत्काल उपचारको लागी जिल्ला अस्पताल सिन्धुली पठाईएकोमा थप उपचारको लागि काठमाण्डौं तर्फ पठाईएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

विभिन्न जिल्लामा झुण्डी मृत्यु
२०८०-०१-१५

दोलखा, कालिञ्चोक गाउँपालिका-६, लप्टुन बस्ने अन्दाजी ४६ वर्षीय पिथी बहादुर थापा आफ्नै घरको निदालमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित थप आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।धादिङ, थाक्रे गाउँपालिका-७, बस्ने ६८ वर्षीया बिष्णुमाया रेग्मी बाराहीथान स्थित जङ्गलमा  सालको रूखमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका-३, तिनघरे स्थित ४२ वर्षीया कुमारी तामाङ घरदेखि अन्दाजी ७०० मिटर तल मौरिखोला जंगलमा जम्बुको रूखमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका-२, ओख्रेनी घर भई हाल कर्थली पाखाटोलमा बस्ने ५८ वर्षीय पदम बहादुर बुढाथोकी घरको छानोको फलामको पाईपमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको  छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

ट्‍याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु
२०८०-०१-११

मकवानपुर, मनहरी गाउँपालिका-३, कालिदमार स्थित भित्री सडक खण्डमा मिल डाँडाबाट हाँडीखोला तर्फ जाँदै गरेको मधेश प्रदेश ०३-००१ त ७१८८ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई सडकमा पल्टिन गई दुर्घटना हुँदा ट्याक्टरमा सवार जिल्ला मकवानपुर, मनहरी गाउँपालिका-३, हाँडीखोला बस्ने अन्दाजी ३० वर्षीय बीरमान रुम्बा, सोही ठेगाना बस्ने अन्दाजी २४ वर्षीय राजकुमार प्रजा र जिल्ला मकवानपुर, मनहरी गाउँपालिका-४, सालघारी बस्ने अन्दाजी २० वर्षीय प्रविण प्रजा सहित ३ जनाको उपचारको क्रममा मृत्यु भएको छ । यस घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

आगलागी हुँदा १ करोड रूपैयाँ भन्दा बढीको क्षति
२०८०-०१-११

सिन्धुली, कमलामाई नगरपालिका-२, चियाबारी स्थित राज कुमार श्रेष्ठको घर भाडामा लिई सोही ठेगाना बस्ने अम्बिका कुमारी बुढाथोकीले किराना पसल संचालन गर्दै आएकोमा निजले आफ्नो कोठामा बालेको दियो बत्तीले अचानक घरमा सल्किन गई आगलागी हुँदा अम्बिका कुमारी बुढाथोकीको पसलको किराना सामान, फर्निचर, लत्ताकपडा, भाँडाबर्तन र नगद रू. १,००,०००।– सहित अन्दाजी रू. १५,२०,०००।– क्षति भएको र घरधनी राज कुमार श्रेष्ठको घर जली पूर्ण रूपमा नष्ट भएको हुँदा अन्दाजी रू. १०,००,०००।– समेत गरी २५,२०,०००।– बराबरको क्षति भएको छ । निजको घरसँगै जोडिएको सोही ठेगाना बस्ने कौशल थापाको नगद रू. २,६०,०००।– र सुनचादीको गरगहना, होटलको सामान, फर्निचर, लत्ताकपडा, भाँडाबर्तन, अन्य सरसामान र घर समेत अन्दाजी रू. ३२,००,०००।– र सोही ठेगाना बस्ने योग बहादुर थापाको होटलको सामान, फर्निचर, लत्ताकपडा, भाँडाबर्तन, अन्य सरसामान र घर समेत अन्दाजी रू. २६,००,०००।– र सोही ठेगाना बस्ने गंगा बहादुर थापाको नगद रू. १३,००,०००।– र होटलको सामान, फर्निचर, लत्ताकपडा, भाँडाबर्तन, अन्य सरसामान र घर समेत अन्दाजी रू. ३३,००,०००।– गरी जम्मा अन्दाजी रू. १,१६,२०,०००।– (अक्षरेपी रू. १ करोड १६ लाख २० हजार) बराबरको क्षति भएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सिन्धुपाल्चोक र सिन्धुलीमा झुण्डी मृत्यु
२०८०-०१-१०

सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका-११, मेलम्ची बस्ने अन्दाजी ४५ वर्षीय गुरु प्रसाद दुलाल घरबाट हराई बेपत्ता भएकोमा जिल्ला सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका-९ स्थित गुफाडाँडा भन्ने स्थानमा अगेरीको रूखमा नाइलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।सिन्धुली, कमलामाई नगरपालिका-७, गड्यौली बस्ने ३८ वर्षीया सुनिता स्याङबो आफ्नै घरको काठको बलोमा तन्नाको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

मिक्सचरको ठक्करबाट स्कुटर चालकको मृत्यु
२०८०-०१-०८

चितवन, भरतपुर महानगरपालिका-१०, चौबिसकोठी स्थित हाकिम चोकबाट चौबिसकोठी तर्फ आउँदै गरेको बा २ क ८३४९ नम्बरको मिक्सचरले बाटो क्रस गर्न लागेको प्रदेश ३-०३-००२ प ३७७० नम्बरको स्कुटरलाई ठक्कर दिदाँ स्कुटर चालक जिल्ला चितवन, भरतपुर महानगरपालिका-९, बसन्त चोक बस्ने ६८ वर्षीय महेन्द्र प्रसाद पौडेल गम्भिर घाईते भई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर पठाईएकोमा निजको मृत्यु भएको छ । स्कुटरलाई ठक्कर दिने मिक्सचर चालक जिल्ला चितवन, भरतपुर महानगरपालिका-१६ बस्ने २९ वर्षीय सुरेश मगर र मिक्सचर सहित नियन्त्रणमा लिई आवश्यक कारवाही भईरहेको छ ।

मोटरसाईकल र स्कुटर ठक्कर खाँदा मोटरसाईकल चालकको मृत्यु
२०८०-०१-०५

धादिङ, गजुरी गाउँपालिका-२, विहानी पम्प स्थित पृथ्वी लोकमार्गमा काठमाण्डौं देखी चितवनतर्फ जाँदै गरेको प्र ३ -०२-००६ प ५८२६ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आउँदै गरेको बा.प्र. ०२-०३२-प १६५५ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाँदा मोटरसाईकल चालक जिल्ला गोरखा, गोरखा नगरपालिका-९ बस्ने अन्दाजी २६ वर्षीय लक्ष्मण बानिँया घाईते भई उपचारको लागी स्थानिय प्राथमिक स्वास्थ्य केन्द्र गजुरी ल्याईएकोमा निजको उपचारको क्रममा मृत्यु भएको छ । स्कुटर चालक घाईते भई उपचारको लागि गजुरी अस्पताल पठाएको छ । यस सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

ट्याक्टरबाट खसी टायरमा ठक्कर खाई च्यापिदा एकको मृत्यु
२०८०-०१-०५

सिन्धुली, दुधौली नगरपालिका-१०, कर्था स्थित मदन भण्डारी सडक खण्डमा सिर्थौलीबाट दुधौलीतर्फ जाँदै गरेको चालक हाल नाम थर नखुलेको पुरुष व्यक्तिले चलाएको नम्बर नखुलेको ट्याक्टरमा अगाडी सबार जिल्ला सिन्धुली, दुधौली नगरपालिका-५, तलखा टोल बस्ने अन्दाजी ५५ वर्षीय कालिदाश अधिकारी दनुवार ट्याक्टरबाट खसी बीचको टायरमा ठक्कर खाई च्यापिदा घाईते भई उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौली लाँदै गर्दा बाटोमै मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान सहित ट्याक्टर चालकको खोजतलास कार्य भईरहेको छ ।

अधिक लोड >>
कम देखाउनुहोस् <<